
सुनाखरी न्युज/. काठमाडौं ।
न्यूयोर्कको ब्रुकलिन पुलमा ठोक्किएर मेक्सिकोको नौसेनाको जहाज क्षतिग्रस्त भएको छ। यस दुर्घटनामा केही व्यक्तिहरू घाइते भएका छन् र थप अनुसन्धान भइरहेको छ।
दुर्घटनाको भिडियोले जहाज पुल मुनिबाट जाँदै गर्दा ठोक्किएको देखाएको छ, जसले ठूलो क्षति पुर्याएको छ।
अहिले घटनाको थप विवरण र अनुसन्धानको प्रक्रिया जारी रहेको छ।
४ जेठ, काठमाडौं । मेक्सिकोको नौसेनाको एक जहाज न्यूयोर्क शहरमा अवस्थित ब्रुकलिन पुलमा ठोक्किएर क्षतिग्रस्त भएको छ । सो जहाज एक विशेष समारोहका लागि जाँदै थियो ।
दुर्घटनाको एक भिडियोमा शनिबार साँझ सो जहाज पुल मुनिबाट जाँदै गर्दा मुस्तल ९जहाजको माथि राखिने विशाल खम्बा० ठोक्किएको देखिन्छ ।
त्यसपछि जहाजको मुस्तलका टुक्रा जहाजमाथि नै खसेका थिए । त्यसबाट केही घाइते भएको बताइन्छ ।
न्यूयोर्क शहरको आकस्मिक सेवा तत्कालै सक्रिय भएको थियो । यसबारे थप विवरण आउन बाँकी छ ।
मेक्सिकोको नौ सेनाले पुलमा ठोक्किएर जहाज क्षतिग्रस्त भएको पुष्टि गरेको छ । साथै यस घटनाको अनुसन्धान भइरहेको पनि जनाएको छ ।