
सुनाखरी न्युज / काठमाडौं ।
नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा जीवन बिमा शुल्कबापत रु ११ अर्ब १६ करोड ७९ लाख रकम सङ्कलन गरेको छ । उक्त कार्यालयले गत वर्ष जीवन बिमा शुल्कतर्फ भने रु १४ अर्ब एक करोड २८ लाख सङ्कलन गरेको थियो । उक्त कार्यालयकी प्रमुख प्रीति देवले चालु आवको नौ महिनामा ८६ हजार ६७० ले जीवन बिमा गरेका बताउनुभयो । कार्यालयले सोही अवधिमा रु दुई अर्ब ५४ करोड ६० लाख दाबी भुक्तानी गरेको छ । अझै रु ३९ करोड ६४ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।प्राधिकरणले जीवन बिमातर्फ सातवटै प्रदेशबाट चैत मसान्तसम्म रु एक खर्ब २७ अर्ब तीन करोड शुल्क सङ्कलन भएको छ ।
रासस