
सुनाखरी न्युज/ काठमाडौं ।
भारत र पाकिस्तानले दुई दिनको दोहोरो संघर्षका क्रममा नै युद्धविराममा सहमति जनाएको छ। डोनाल्ड ट्रम्पले भने,अमेरिकाको मध्यस्थतामा हिजो राति लामो छलफल पछि, मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ कि भारत र पाकिस्तानले तुरुन्तै र पूर्ण रूपमा आक्रमणहरू रोक्न सहमत भएका छन्। म दुवै देशलाई सामान्य ज्ञान र समझदारीपूर्ण निर्णय लिएकोमा बधाई दिन्छु।ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूले युद्धविराम घोषणा गर्न पाउँदा खुसी भएको बताएका छन् ।
‘सामान्य ज्ञान र महान वुद्धिमता प्रयोग गरेकोमा दुवै देशलाई बधाइ छ,’ ट्रम्पले भनेका छन् ।’अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले भने कि मार्को रुबियोले पहलगाममा भएको आतंकवादी हमलामा ज्यान गुमाउनेहरूका लागि फोन कलको क्रममा जयशंकरप्रति समवेदना व्यक्त गरे । उनले आतंकवाद विरुद्ध अमेरिका भारतको साथमा रहेको बताए । यद्यपि, उनले भारतलाई आक्रमणको लागि पाकिस्तानलाई दोष लगाउने र बदलाको माग गर्ने कुरामा सतर्क रहन सल्लाह दिए ।
यसैबीच, ट्यामी ब्रुसले प्रधानमन्त्री शरीफसँगको फोन वार्तामा रुबियोले पाकिस्तानलाई अप्रिल २२ मा कश्मीरमा भएको आक्रमणको निन्दा गर्न र अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको बताए । अमेरिकी विदेशमन्त्रीले पाकिस्तानी अधिकारीहरूलाई यस आक्रमणको अनुसन्धानमा पूर्ण सहयोग गर्न अनुरोध गरेका थिए ।