
सुनाखरी न्युज/ काठमाडौं ।
शनिबार बिहानै तुइनखोला भन्ने स्थानमा ट्रक पल्टिँदा मुग्लिन -नारायणगढ सडक बन्द भएको छ। चितवन प्रहरीका अनुसार शनिबार बिहान करिब ७ बजे वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको कोइला बोकेको ट्रक अनियन्त्रित भई बीच सडकमा पल्टिएको हो।
बिरगन्जबाट काठमाडौं जाँदैगरेको मधेश प्रदेश ०३–००१ ख ९८१७ नम्बरको ( कोइला लोड) भएको ट्रक अनियन्त्रित भइ विहान ७ बजे पल्टेको थियो । ट्रक पल्टे पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । कोइला लोड गरेको सो ट्रक आफैं अनियन्त्रित भई पल्टिँदा दुबैतर्फ बाटो अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ ।
दुर्घटनामा मानवीय क्षति भने भएको छैन । सो स्थानमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी निरीक्षक प्रतिक सिंह नेतृत्वको टोली खटिएर बाटो खुलाउने प्रयास गरिरहेको चितवन प्रहरीले जनाएको छ । दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्दछ ।