२०८२ फाल्गुन २४ , आइतवार

गभर्नर नियुक्ती प्रकरणः भट्टको राजीनामा स्वीकृत नभए कांग्रेसले विकल्प खोज्ने

Nepali Congress

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसले राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नभए विकल्प खोज्ने संकेत दिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा  शुक्रबार बिहानबसेको बैठकमा देउवाले गभर्नर नियुक्ति प्रधानमन्त्री वा दुई दलबीचको द्वन्द्वका कारण नरोकिएको ब्रिफिङ गरेका थिए ।

बैठकमा उनले भट्टको राजीनामा स्वीकृत नहुँदा समस्या परेको बताएका छन् । उनको ब्रिफिङपछि कायम मुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले राजीनामा स्वीकृतिका लागि केही दिन हेर्ने र स्वीकृत नगरे विकल्प दिने संकेत गरिएको छ ।

बैठकमा सहभागी एक पदाधिकारीले भने अबको केही दिन हेरेर राजीनामा नभए विकल्पमा अर्कै उमेदवार सिफारिस गरी नियुक्तिको प्रक्रिया अघि बढाउने भन्ने भएको जानकारी दिए ।