२०८३ बैशाख २३ , बुधवार

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

sarbajanik-bida-768×389-1

 

सुनाखरी न्युज/ काठमाडौं।

बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

गत चैत २१ गतेको निर्णय अनुसार आज सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ ।