२०८२ फाल्गुन २७ , बुधवार

डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

DV_1.jpg

सुनाखरी न्युज/ काठमाडौं ।

अमेरिकी डाइभर्सिटी भिसा ( डिभी ) २०२६ को नतिजा आएको छ। नेपाली समय अनुसार शनिबार राति ९ः४५ बजे डिभीको नतिजा सार्वजनिक भएको हो।

https;|/dvprogram.state.gov/ESC df  मा गई आफ्नो कनफरमेसन नम्बर राखेर नतिजा हेर्न सकिने छ। डिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका हो।

तर, नतिजा सार्वजनिक भएको केही मिनेटमै नतिजा जाँच गर्ने वेबसाइट डाउन भएको छ। एकै पटक अत्याधिक प्रयोगकर्ताले वेवसाईट खोलेका कारण ट्राफिक अट्याकमा परेर साईट खुल्न सकेको छैन।

हरेक वर्ष विभिन्न मुलुकबाट लाखौं मानिसहरू यही चिठ्ठा कार्यक्रम मार्फत अमेरिका जाने गरेका छन्। डाइभर्सिटी भिसा लोट्री प्रोग्रामलाई ग्रिन कार्ड लोट्री कार्यक्रमको नामबाट चिनिन्छ।