२०८२ फाल्गुन २३ , शनिवार

सुनको मूल्य घट्यो

5fb766e81eece_gold_price

सुनाखरी न्युज/ काठमाडौं ।

आज सुनको मूल्य तोलामा रु एक हजार ४०० ले गिरावट देखिएको छ । आइतबार प्रतितोला रु एक लाख ८९ हजार ७०० मा कारोबार भएको सुन आज रु एक लाख ८८ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० घटेर एक हजार ९७० कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३०० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

रासस