२०८२ फाल्गुन २५ , सोमवार

भट्टको राजीनामा स्वीकृत गर्न कामु गभर्नर ढुंगानालाई निर्देशन

nilam-Dhungana

सुनाखरी न्युज/ काठमाडौं ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले दिएको राजीनामा स्वीकृत गर्न  कामु गभर्नर निलम तिम्सिना ढुंगानालाई निर्देशन दिएका छन् ।

ढुंगानालाई आइतबार मन्त्रालयमा बोलाएर उपप्रधानमन्त्री पौडेलले यस्तो निर्देशन दिएको मन्त्रालय स्रोतले जानकारी दियो ।

 

सत्ता साझेदार कांग्रेस र एमालेबीच नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक भट्टलाई नयाँ गभर्नर नियुक्त गर्न समझदारी भएको सार्वजनिक भएको थियो ।

त्यसपछि राष्ट्रबैंकको कार्यकारी निर्देशकबाट भट्टले राजीनामा दिएकोमा त्यो स्वीकृत भएको छैन । कामु गभर्नर ढुंगाना आफैँ गभर्नरको प्रतिस्पर्धी भएकाले उनले राजीनामा स्वीकृत नगरेको आशंका गरिएको छ ।

 

तर, उपप्रधानमन्त्री पौडेलले राजीनामा स्वीकृत गर्न निर्देशन दिएपछि सम्भवतः उनले त्यसको पालना गर्ने मन्त्रालय स्रोतको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शुक्रवार साँझ भेट भएको थियो । सो भेटमा उपप्रधानमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए । सो भेटमा भएको सहमतिअनुसार उपप्रधानमन्त्री पौडेलले सो निर्देशन दिएको मन्त्रालय स्रोतको भनाइ छ ।