२०८२ फाल्गुन २६ , मंगलबार

अर्थमन्त्री पौडेलले गरे राजस्व संकलनमा सहयोगी भूमिका खेल्न निजी क्षेत्रलाई आग्रह

Bishnu Poudel

सुनाखरी न्युज/ काठमाडौं ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा सहयोगी भूमिका खेल्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

विश्व भन्सार दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजस्व चुहावट, अनियमितताका प्रवृत्तिलाई निरुत्साहित गर्न, वैधानिक प्रणालीभित्र आफ्ना कारोबार सञ्चालन गर्न निजी क्षेत्रका छाता संगठनले आफ्ना सदस्यहरूलाई निर्देशित गर्न आग्रह गरे ।

 

अर्थमन्त्री पौडेलले अर्थतन्त्र चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको बताए । उनले उत्पादन, उत्पादकत्व र जीडीपी वृद्धि गर्न अध्यादेश ल्याइएको बताएका हुन् ।

सरकार विशेष परिस्थितिमा बनेको भन्दै उनले अहिलेको सरकार सरकारहरूको सूचीमा अर्को एक थान सरकार थप्नका लागि नबनेको बताए ।

 

उनले निजी क्षेत्रले सरकारले ल्याएका अध्यादेशलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै यस्ता कदमहरू सरकारले आगामी दिनमा पनि अघि बढाउने बताएका हुन् ।