
प्रहरीले युवकमाथि निर्घात कुटपिट गरेको भिडियो भाइरल भएको छ । भिडियोमा सडकमा चेकजाँच गर्ने क्रममा ती प्रहरी कर्मचारीले युवकमाथि ‘बुट’ नै बजारेका हुन् । दुई/तीन वटा मोटरसाइकल रोकेर चेकजाँच गरिरहेको सार्वजनिक भिडियोमा देख्न सकिन्छ । सडकको छेउमा केही युवाहरु पनि उभिरहेका छन् ।
त्यही क्रममा प्रहरी कर्मचारीले कोलाई फोन गर्ने ? पावर देखाको भन्दै निर्घात कुटपिट गरेको सुन्न र देख्न सकिन्छ । चितवनको भरतपुरमा सो घटना भएको भनिए पनि पुष्टि भने भएको छैन । यता चितवन प्रहरीले यस घटनाको आन्तरिक रुपमा अनुसन्धान थालेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोले अहिलेसम्म घटना कुन ठाउँ र कहिलेको हो भन्ने थाहा नभएको बताए ।