
सुनाखरी न्युज/ काठमाडौं ।
कुखुरा मासुको भाउमा गिरावट आएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले आज ( सोमबार ) देखि लागू हुने गरी जिउँदो कुखुरा र तयारी मासु दुवैको भाउ घटाएको हो ।
संघका अनुसार जिउँदो कुखुराको भाउ प्रतिकिलो १० रुपैयाँ घटेको छ । दसैँअघि प्रतिकिलो २ सय ९० रुपैयाँमा बिक्री भइरहेको जिउँदो कुखुराको भाउ अब २ सय ८० रुपैयाँ कायम गरिएको छ ।
त्यसैगरी तयारी मासुको भाउ पनि प्रतिकिलो १५ रुपैयाँले सस्तिएको छ । यसअघि ४ सय रुपैयाँमा बिक्री हुँदै आएको तयारी मासु ३ सय ८५ रुपैयाँ तोकिएको संघले जनाएको छ । मूल्य घट्नुको मुख्य कारण बजारमा मासु खपतमा आएको कमीलाई मानिएको छ ।