२०८३ बैशाख २९ , मंगलबार

नेपाल मुद्रा विप्रेषक संघको १९औं वार्षिक साधारण सभा सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल मुद्रा विप्रेषक संघको १९औं वार्षिक साधारण सभा २०८१ पौष १८ मा शंकर होटेल काठमाडौंमा सम्पन्न भएको छ । संघका अध्यक्ष चन्द्र टण्डनको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाको सञ्चालन कार्यसमिति सदस्य संजिव पाठकले गरेको थियो भने स्वागत मन्तब्य पूर्वअध्यक्ष सुमन पोखरेलले  राखेका थिए। त्यसैगरी पूर्व अध्यक्ष दिवाकर थापाले उपस्थित सदस्यहरु तथा अन्य आगन्तुक अतिथीज्यूहरुलाई धन्यवाद ज्ञापन गरेको थियो ।

संघको कार्य प्रगती प्रतिवेदन प्रस्तुत गर्दे अध्यक्ष चन्द्र टण्डनले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक रहेको बताउँदै औपचारिक माध्यमबाट रेमिट्यान्स भित्राउन सबैले सामुहिक प्रयत्न गनुपर्नेमा जोड दिए ।आफ्नो कार्यकालमा आफु र आफ्नो कार्यसमितिलाइ पूर्णत सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दे अध्यक्ष टण्डनलेले सहमतिमा सबैको प्रतिनिधित्व हुने गरी नयाँ नेतृत्व चयन गरिएको बताए ।

संघको सम्पन्न १९औं वार्षिक साधारण सभाले नयाँ नेतृत्वमा रितेश मित्तल (नेपाल रेमिट ईन्टरनेशनल प्रा. लि.) लाई सर्वसम्मत रुपमा अध्यक्ष पद मा मनोनित गरेको छ भने उपाध्यक्षमा सञ्जय सिग्देल (सूर्य रेमिट प्रा. लि.) , महासचिवमा दिवाकर पौडेल ( आइर्.एम.ई लिमिटेड) , कोषाध्यक्षमा संजिव कुमार पाठक (ए.टि टि. रेमिट प्रा. लि.) सचिवमा रामेश्वर सापकोटा ( प्रभू मनिट्रान्स्फर प्रा. लि.) कार्यसमिति सदस्यहरुमा विमल महत ( सिद्धार्थ बैंक लि.) श्याम प्रसाद लामिछाने (ग्लोबल आईएमई बैंक लि.) मधुसुदन न्यौपाने ( प्रभू बैंक लि.) र सुदन सिं सिलवाल ( युनाईटेड रेमिट प्रा. लि.) सर्वसम्मत रुपमा चयन भएको छ । संघको विधानत अध्यक्षबाट मनोनित हुने सदस्यहरुमध्ये १ जनालाई आगामि कार्यसमिति बैठकमा छलफल गरी मनोनित गर्ने गरी निर्णग गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दे नव निर्वाचित अध्यक्ष रितेश मित्तलले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागत गर्दे विस्तारित र मर्यादित उद्योगको रुपमा विकास गर्दे लैजाने र सम्पुर्ण रेमिट्यान्स कम्पनीहरुको संस्थागत हितको लागि कामगर्ने प्रतिबद्धता ब्यक्त गरे । सोही क्रममा उहाँले रेमिट्यान्स व्यबसायलाई अझ ब्यवस्थित र प्रविधिमैत्रि बनाउन आफू लागी पर्ने प्रतिबद्धता पनि ब्यक्त गरे ।नेपाल मुद्रा विप्रेषक संघले संघको १९औं वार्षिक साधारण सभाको अवसर पारेर हालसम्म यस संघको पदाधिकारीमा रही काम गरेका पूर्व पदाधिकारीहरुलाई पनि सम्मान गरिएको थियो ।