२०८३ कार्तिक २१ , शुक्रवार

नेपाल राष्ट्र बैंकले आज सुनका असर्फी बिक्री नगर्ने

953844708news_ny1b3rqc1lm

 

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज शुक्रबार सुनका असर्फी बिक्री नगर्ने भएको छ । केन्द्रीय बैंकले स्टक सकिएको भन्दै असर्फी बिक्री नगर्ने भएको हो ।राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै बिहीबारदेखि सुनचाँदीका असर्फी तथा मेडालियन बिक्री सुरु गरेको थियो। पहिलो दिन कर्मचारीसहित सर्वसाधारणलाई गरी ४ हजार ५०० थान सुनका असर्फी बिक्री भएको थियो।

केन्द्रीय बैंकले हरेक वर्ष धनतेरसमा सुन तथा चाँदीका सिक्का बिक्री गर्दै आएको छ । गत वर्ष सुन नभएका कारण चाँदीका मेडालियन मात्र बिक्री गरेको थियो । तर, यस वर्ष केन्द्रीय बैंकले वाणिज्य बैंकहरूसँग ३५ किलो सुन खरिद गरेर सुनका असर्फी पनि बिक्री थालेको थियो ।बिहीबार राष्ट्र बैंकले एक व्यक्तिलाई एक थान सुनको असर्फी र दुई थानसम्म चाँदीका मेडालियन बिक्री गरेको थियो।