
सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौंमा दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।
नेपालमा पछिल्लो समय लगातार भूकम्प गइरहेको छ । बिहीबार दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको धक्का महसुस भएको हो ।