२०८३ बैशाख ३० , बुधवार

गरिमा म्युचूअल फण्ड अन्तर्गत ‘गरिमा समृद्घि योजना’ चारदिनमै सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्घक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजनाको रु. एक अर्ब बराबरको “गरिमा समृद्घि योजना” को निष्काशन तथा बिक्री चार (४) कार्य दिनमा नै सम्पन्न गर्न सफल भएको जानकारी गराएका छन्।

गरिमा समृद्घि योजनाको बीज पुँजी सहित प्रति इकाई अंकित मूल्य रु. १० दरको १०,००,००,००० (दश करोड) इकाइहरू मिति २०८१ साल पौष ७ गते देखि २०८१ साल पौष ११ गते सम्मका लागि सार्वजनिक निष्काशन खुल्ला गरिएकोमा उक्त अवधिभर रितपूर्वक माग भन्दा बढी रकमको लागि आवेदन पर्न आएकाले सार्वजनिक निष्काशन तथा बिक्री कार्य मिति २०८१ साल पौष ११ गते देखि लागू हुने गरी बन्द गरिएको  जानकारी गराए।

यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण शुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु, सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, निष्काशन बैंक तथा सम्बन्धित सबै नियमन निकायहरुमा हार्दिक धन्यवाद ज्ञापन गरे।