
सुनाखरी न्युज/ काठमाडौं ।
समृद्धि फाइनान्स कम्पनी लि। ले मिति २०८१/०५/२३ का दिन सुबिशु केबल नेटसँग समझदारीपत्रमा हस्ताक्षर भएको छ।समझदारीपत्र अनुसार फाइनान्सका सम्पूर्ण ग्राहकले सुबिसुको नयाँ जडानमा विभिन्न आकर्षक छुट पाउनेछन् ।
ग्राहकले तीन सय एमबिपिएस ब्यान्डविथ इन्टरनेट जडानमा १५ प्रतिशत, दुई सय र ८० एमबिपिएस जडान गर्दा ५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बताइएको छ।
यस किसिमको सहकार्यबाट फाइनान्सका ग्राहक लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ। छुटसम्बन्धी विस्तृत विवरण फाइनान्सको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।