
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल वायुसेवा निगमको A-320जहाज 9N-AKWमा मितिः २०८१/०५/८ गते वेलुकी प्राविधिक समस्या आई ग्राउण्डेड भएकोले सो को मर्मत कार्य भइरहेको छ ।
उक्त जहाजमा लाग्ने Spare Partsअमेरीकाको मियामीबाट झिकाउनुपर्ने भएकोले मर्मत पश्चात उडानमा पठाइने निगमले जनाएको छ ।
नियमित मर्मत संभारका बावजुत पनि प्राविधिक समस्या आई जहाज ग्राउण्डेड भएकोले उपलब्ध अन्य जहाजबाट पूर्व निर्धारित उडानहरु सूचारु राखिएको व्यहोरा जानकारी गराउँदै यसबाट यात्रु वर्गमा पर्न गएको असुविधा प्रति निगम क्षमाप्रार्थी छ ।