२०८२ चैत्र २ , सोमवार

नेपाली सेनाले माग्यो २८० जना अधिकृत क्याडेट

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) मा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आव्हान गरिएको छ । रिक्त २८० पदका लागि आवेदन आह्वान गरिएको हो ।

सेनाले खुलातर्फ १४७, महिला २४, आदिवासी/जनजाती ३८, मधेसी ३३, दलित १८, पिछडिएको क्षेत्र ६ र सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रूपमा अशक्त नेपाली सैनिकका सन्तती १४ गरी जम्मा २८० पदमा आवेदन खुला गरेको हो।

भर्ना छनौट निर्देशनालयले सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाईट www.nepalarmy.mil.np बाट अनलाइन दरखास्त फाराम भर्न सक्ने जनाएको छ ।

फारम भरी सो को प्रिन्ट सहित स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा रू.९दशको टिकट टाँसी दरखास्त पेस गर्न आव्हान गरिएको छ । आगामी असोज ६ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

sena