२०८३ जेठ ४ , सोमवार

आज बिहान ललितपुरको कुम्भेश्वरमा आगलागी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

ललितपुरको कुम्भेश्वरस्थित एक घरमा आज बिहान आगलागी भएको छ ।बंगलामुखी मन्दिर नजिकैको घनाबस्तीमा भएको घरमा आज बिहान करिब नौ बजेतिर आगलागी सुरु भएको थियो ।घरको सबैभन्दा माथिल्लो तलामा आगलागी भएको हो ।

ललितपुर महानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । काठमाडौं महानगरपालिकाको दमकल पनि झिकाइएको थियो ।ललितपुरको महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले २५ जना नगर प्रहरी, ३ वटा दमकल र एउटा पानी ट्यांकरको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताए ।

उक्त घरको भुइँतलामा मेडिकल पसल र खाजा तथा मिठाइ पसलहरु छन् ।घरको दोस्रो तलामा आगो लागेको देखिएको थियो ।त्यहाँ टिभी कोठा थियो । त्यही टिभी कोठाबाट आगो सल्किएको अनुमान छ ।