२०८३ जेठ ४ , सोमवार

“लक्ष्मी उन्नती कोष” र “लक्ष्मी भ्यालु फण्ड २” का इकाईधनीले प्रतिफल पाउने

Capture

सुनाखरी न्युज / काठमाडौं ।

लक्ष्मी सन्राइज बैंक लिमिटेड कोष प्रवद्र्धक तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “लक्ष्मी उन्नती कोष” र “लक्ष्मी भ्यालु फण्ड २” नामक बन्दमुखी योजनाहरुको आर्थिक २०८०/८१ को लेखापरिक्षण कार्य सम्पन्न भई योजना व्यवस्थापकको मिति २०८१/०४/१४ गते बसेको संचालक समितिको १४४ औं बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि “लक्ष्मी उन्नती कोष” का इकाईधनीहरुलाई कर सहित ७.५% प्रतिफल र “लक्ष्मी भ्यालु फण्ड २” का इकाईधनीहरुलाई कर सहित ४.५% प्रतिफल वितरण गर्ने निर्णय गरेको हुँदा सो को जानकारी अवगत गराउदछौं ।

साथै “शुभ लक्ष्मी कोष” नामक खुलामुखी योजनाको आर्थिक २०८०/८१ को लेखापरिक्षण कार्य सम्पन्न भई योजना व्यवस्थापकको मिति २०८१/०४/१४ गते बसेको संचालक समितिको १४४ औं बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि सो योजनाका इकाईधनीहरुलाई कर सहित ७.५% प्रतिफल वितरण गर्ने निर्णय गरेको हुँदा सो को जानकारी अवगत गराउदछौं ।

“शुभ लक्ष्मी कोष” एक खुलामुखी योजना रहेको र यस योजनाका इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित डिपि शुल्क कट्टी पछि) बराबरको रकमबाट सो लाभांश वितरण पश्चात् समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना(Dividend Re-investment Plan)मार्फत उक्त रकमले हुन आउने थप इकाईहरु खरिद गर्न सक्ने समेत सुविधा रहेको छ ।

यस अघि नै उक्त योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराई सक्नु भएका योग्य इकाईधनीहरुको हितग्राही खाता (DEMAT ACCOUNT)मा यथासिघ्र इकाईहरु पठाईने व्यहोरा समेत अवगत गराउँदछौं ।