२०८३ जेठ ४ , सोमवार

नेपाल वायुसेवा निगम धेरै कार्गो बोक्ने एयरलाइन्सको रुपमा सम्मानित

Capture

सुनाखरी न्युज / काठमाडौं ।

नेपाल वायुसेवा निगम सन् २०२३ मा नेपालबाट धेरै कार्गो बोक्ने दोस्रो एयरलाइन्सको रुपमा सम्मानित भएको छ ।Nepal Freight Forwarders Associationद्धारा मिति २९ जुलाई, २०२४ मा काठमाडौंमा आयोजित ३०औं कार्गो दिवसको सु–अवसरमा यो सम्मान गरिएको निगमले जनाएको छ ।

निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीले निगमले आफ्ना अन्तर्राष्ट्रिय गन्तव्यहरुमा Dangerous Goods (DG)लगायत कार्गो बोक्दै आइरहेको र यस्ता सम्मानबाट कार्गो व्यापारलाई बढाउन अझै हौसला मिलेको बताउँदै यस कार्यमा सहयोग गर्ने सबै सरोकारवालाहरु, कार्गो एजेन्ट,Freight Forwardersतथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरे ।