
सुनाखरी न्युज / काठमाडौं ।
पोखरामा सोमबार बिहान भएको स्कुल बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ । पोखरा महानगरका शिक्षा निर्देशक हेमप्रसाद आचार्यको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो ।
समितिको सदस्यहरूमा उपसचिव कृष्णप्रसाद तिवारी, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा, मेकानिकल इन्जिनियर सरोज चालिसे र शिक्षा अधिकृत रामप्रसाद तिवारी छन् ।उनीहरूलाई ७ दिनको अवधि दिइएको छ ।
बसमा अरू स्कुलका विद्यार्थी समेत रहेको प्रारम्भिक जानकारी आएको छ । सिट क्षमता २० जनाको भए पनि ३० जनाभन्दा बढी विद्यार्थी चढाएको र तीव्र गतिका कारण दुर्घटना भएको बताइएको छ । यद्यपि चालकले भने ब्रेक फेल भएको भनेका छन् ।