
सुनाखरी न्युज/ काठमाडौं ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकोहरु सबै १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ ।त्रिवि शिक्षण अस्पतालले सबै शवहरुको पोस्टमार्टम गर्न कम्तिमा तीन दिन लाग्ने जानकारी दिएको छ ।
सबै प्रक्रिया सुरु गरेर आजै पोष्टमार्टम सुरु गरिने पनि अस्पतालले जनाएको छ ।सबै शवको पोस्टमार्टम गरेर तीन दिन पछि मात्र आफन्तलाई शव जिम्मा लगाउन सकिने उनले बताए ।
बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन विमानस्थलबाट पोखरा जान लागेको सौर्य एयरको जहाज उड्नेवित्तिकै आगलागी हुँदा १८ जनाको मृत्यु भएको छ भने पाइलट मनिष शाक्य घाइते भएका छन् ।