२०८३ जेठ ५ , मंगलबार

त्रिविको भोलिका लागि तय भएको सभा स्थगित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको सभा स्थगित भएको छ। त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्‌को बैठकले असार ३१ गतेका लागि त्रिवि सभा बोलाएको थियो ।

देशको राजनीतिक परिस्थितिका कारण त्रिवि सभा स्थगित गरिएको त्रिवि रजिस्ट्रारको कार्यालयले जनाएको छ।राष्ट्रपति कार्यालयले आज केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दैछन। भने उनको शपथ भोलि हुनेछ। जसका कारण त्रिवि सभा स्थगित गरिएको हो।

देशको राजनीतिक परिस्थितिका कारण प्रधानमन्त्री तथा त्रिविका कुलपति एवम् सभाका अध्यक्षले उक्त बैठक स्थगित गर्न निर्देशन दिएका थिए ।