२०८३ जेठ ५ , मंगलबार

अहिले मुलकमा बाहिरी रुपान्तरण देखाएर आखाँमा छारो हाल्ने काम भएको छ :सांसद एकनाथ ढकाल

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

तीन दिन सम्म चल्ने राष्ट्र निर्माणमा युवाहरुको भूमिका बिशेयक सेमिनार राजधानीमा आजबाट शुरु भएको छ । बिश्व शान्ति तथा एकिकृत परिवार संघको आयोजनामा तथा काठमाडौ महानगरपालिका बडा नं १ को सहकार्यमा भएको सेमिनारको उद्धाटन पूर्वमन्त्री एवम् संधिय सासद एकनाथ ढकालले गरेका छन ।

सेमिनार उद्घाटन पश्चात बोल्दै सासद ढकालले अहिले मुलकमा बाहिरी रुपान्तरण देखाएर नेपाली जनताको आखाँमा छारो हाल्ने काम भएको बताएका छन् । सांसद ढकालले सार्बजनिक सोचको बिकास गर्न सकेमात्र समाजको बिकास हुने भन्दै तीन दिन सम्म सिकेका कुरालाई थोरै भएपनि ब्यबहारमा उर्तान सहभागीहरुलाई आग्रह गरे ।रुपान्तरणको लागि बाताबरणको आवश्यकता रहेको भन्दै अहिले देशको राजनीतिक , सास्कृतिक आर्थिक बाताबरण बन्न नसकेको भन्दै यस्ता सेमिनारहरुले त्यो बाताबरण तयार गर्न सहयोग गर्ने बताए ।

पूर्वमन्त्री समेत रहेका ढकालले मुलुकमा सामाजिक सदभावको आवश्यता रहेको उल्ल्ेख अवका युवाहरुलाई सहि शिक्षा र बाटो दिन सके मुलुक परिर्वतन थोरै समयमा हुने बताए । कार्यक्रममा एफएफडब्लु पीयु साउथ एसियाको अध्यक्ष सन्तोष कुमार पौडेल, बिश्व शान्ति तथा एकिकृत परिवार संघका अध्यक्ष प्रकाश बाबु थापा लागयतले बोलेका थिए ।

समिनारमा नेतृत्व बिकास, चरित्र निर्माण, ब्यत्तित्व बिकास स्थायी शान्तीको लागि पहलकदमी, दन्द्ध ब्यबस्थापन तथा आर्थिक बिकासका बारेमा प्रशिक्षण दिईने छ । राष्ट्रिय विकासको लागि बढ्दो अर्थव्यवस्थामा युवाहरूको सहभागिता आवश्यक रहेको सन्र्दभमा पनि सेमिनारमा छलफल हुनेछ । युवाहरू देशको सबैभन्दा ठूलो शक्ति हो यसैले राष्ट्रको दिगो विकासको लागि उनीहरूलाई सक्षम र पर्याप्त योगदान पु¥याउन सशक्त बनाउन महत्वपूर्ण प्रयासहरू गर्न आवश्यक भएकोले कार्यक्रमको आयोजना गरिएको हो ।

सेमिनारमा अन्तारष्ट्रिय प्रशिक्षक रिचेल हालिपा, लेखक ,काशिनाथ खनाल एफएफडब्लु पीयु साउथ एसियाको अध्यक्ष सन्तोष कुमार पौडेल प्रकाशबाबु थापा लगायतले प्रशिक्षण दिने छन् । युपीएफ, नेपाल, तङ्ग इल मोदो संघ, बिश्व शान्ति महिला संघ लगायतको संघ संस्थाले सहयोग गरेका छन् ।सेमिनारको मिडिया पार्टनरको रुपमा द युनिर्भसल टाईम्स् रहेको छ ।