
सुनाखरी न्युज/ काठमाडौं ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम उपमहानगरपालिका–४ रामचोकस्थित नवनिर्मित राम व्यायामशाला भवनको उद्घाटन गर्नुभएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा रु २५ लाखको लागतमा व्यायामशाला निर्माण भएको श्रीराम युवा कमिटीको अध्यक्ष प्रमेश्वर साहले जानकारी दिनुभयो ।सो अवसरमा मुख्यमन्त्री सिंहले मधेस प्रदेश सरकारले युवामैत्री बजेट ल्याएको जानकारी दिँदै स्वदेशमा नै सिर्जनशील उद्यम गर्न युवालाई आग्रह गर्नुभयो ।
उहाँले खानपान र जीवनशैलीमा आएको परिवर्तनले व्यक्तिमा विभिन्न प्रकारको दीर्घरोग बढिरहेको अवस्थामा स्वस्थ जीवन यापन गर्न नियमित शारीरिक अभ्यासमा व्यायामशालाले उत्प्रेरित गर्ने बताउनुभयो । ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ नाराका साथ हरेक पालिकासँगको समन्वयमा नागरिक आरोग्य केन्द्रको स्थापना गरी स्वस्थ्य नागरिक समृद्ध प्रदेशको अभियानसमेत सञ्चालन गरिने उहाँले बताउनुभयो । रासस