२०८३ जेठ ६ , बुधवार

समृद्धि फाइनान्सका ग्राहकहरुलाई क्यापिटल हस्पिटल, बागबजार काठमान्डौमा भारी छुट

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आषाढ११ गते क्यापिटल हस्पिटलप्रा.लि. बागबजार, काठमाण्डौ सँग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका सम्पुर्ण शेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरुले मिति २०८१/०३/१२ देखि २०८३/०३/११गते सम्मसमृद्धि मोबाइल बैकिङ्ग र डेविड कार्ड प्रयोग गरि क्यापिटल हस्पिटल प्रा.लि बागबजार, काठमाडौंमा स्वस्थ्य उपचार सेवाको उपभोग गरि भुक्तानी गर्दा भारी छुट पाउने छन् ।

यो सुविधाबाट फाइनान्सका सम्पुर्ण शेयर सदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट संस्थाका प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र क्यापिटल हस्पिटल प्रा.लि.का तर्फबाट  प्रबन्ध  निर्देशक प्रो.डा.अशोक रत्न बज्राचार्यले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।

फाइनान्सका सम्पुर्ण शेयर सदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरुले क्यापिटल हस्पिटल प्रा.लि.बाट अर्थोपेडिक (अपरेशन /प्रक्रियाशुल्क)मा १०%, स्त्री रोग (अपरेशन / प्रक्रियाशुल्क)मा १०%, सामान्य शल्यक्रिया (अपरेशन/प्रक्रियाशुल्क)मा १०%, अल्ट्रा साउन्डमा १५% ,प्रयोगशाला सेवामा (सबै उपलब्ध परीक्षणहरूको लागि) १५% ,एक्स–रेमा २०% ,फिजियोथेरापीमा १०% ,फार्मेसीमा १०%, बेड चार्जमा १०%,छुट प्राप्त गर्ने  फाइनान्सले जनाएको छ ।