२०८३ जेठ ६ , बुधवार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवद्वारा नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालय अनुगमन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा.गणेश प्रसाद पाण्डेयज्यूले नेपाल वायु सेवा निगमको केन्द्रीय कार्यालयमा निरिक्षण तथा अनुगमन गरेका छन् । उक्त अवसरमा श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव इन्दु घिमिरेज्यू लगायत मन्त्रालयका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो भने निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीले निगममा स्वागत गरेका थिए ।

उक्त अवसरमा निगमका कार्यकारी अध्यक्ष लगायत निगमका सम्पूर्ण विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो । निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीले निगमले हालसम्म हासिल गरेका उपलब्धिहरू र भावी योजनाहरूको बारेमा जानकारी गराएका थिए ।

त्यसैगरी निगमका जहाज तथा विमानस्थलमा चल्ने उपकरणहरुको मर्मत सम्भारमा लाग्ने पाटपुर्जाहरु र निगमको जहाजमा प्रयोग हुने खाद्य सामाग्रीहरु? (In-flight Food and Beverages Items)मा भन्सार छुट सुविधा उपलब्ध गराउन, हवाई इन्धनमा लगाइएको कर छुट गर्ने तर्फ पहल गरिदिनुहुन, निगम राष्ट्रिय ध्वजावाहक भएकोले अन्य राष्ट्रमा त्यहा“का राष्ट्रिय ध्वजावाहकलाई प्रदान गरिने विशेष सुविधाहरु जस्तै निगमलाई पनि नेपाल सरकारको तर्फबाट विशेष सुविधाहरु दिलाउन, विमान चालक तथा अन्य कर्मचारीहरुको सेवा सुविधा वृद्धि गर्न, मौजुदा सार्वजनिक खरिद ऐन तथा नियमावलीमा निगम जस्तो विशेष प्रकृतिको हवाई व्यवसायको लागि छुट्टै प्रावधान राखी आवश्यक संशोधन गर्नुपर्ने कार्यमा सहजीकरण गरिदिनु हुन तथा नेपाल वायुसेवा निगम ऐन, २०१९ को प्रावधान अनुसार राष्ट्रिय ध्वजावाहकलाई सुदृढ र सवल बनाउन सहयोगको लागि मन्त्रालय समक्ष आग्रह गर्दै समन्वयात्मक भूमिका खेलिदिनु¬हुन समेत अनुरोध गरे।

उक्त अवसरमा श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा.गणेश प्रसाद पाण्डेयज्यूले निगमका कर्मचारीहरुलाई सधैं इमान्दारीपूर्वक आ–आफ्नो कार्यमा लाग्न निर्देशन दिए । त्यसैगरी सवैले एक साथ इमान्दारीताका साथकाम गरे मात्र निगमले प्रगति गर्न सक्ने विश्वास व्यक्त गर्दै मन्त्रालयबाट गर्नुपर्ने कार्यहरुमा सधैं सकारात्मक सहयोग रहने प्रतिवद्धता जनाउदै“निगमको हितमा हुने कार्यमा सधै “आनो साथ सहयोग रहने र निगमका हरेक विभागले गर्नुपर्ने नियमित कार्यहरुमा ढिला सुस्ती नगर्न तथा कसैको कारणबाट निगमलाई हानी नोक्सानी हुन गएमा सोही व्यक्ति जिम्मेवार रहने तर्फ सचेत गराउ“दै आमजन मानसलाई नतिजा महसुस हुनेगरी इमान्दारीपूर्वक काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

त्यसैगरी निगमको जहाजमा प्रयोग हुने खानाहरु आफ्नैIn-flight Kitchenमार्फत गर्ने योजनामा थप चासो राख्दै यस सम्वन्धमा स्पष्ट योजना सहित पेश गर्न निर्देशन दिनुभयो । उक्त अवसरमा बोल्दै श्रीमान सचिवज्यूले निगमलाई हितहुने कार्यहरुका स्पष्ट योजना पेश गर्न निर्देशन दिदै“यस सम्वन्धमा अर्थ मन्त्रालय तथा अन्य निकायहरुमा समेत मन्त्रालयका तर्फबाट सदैव समन्वयात्मक सहयोग हुने बचन वद्धता जाहेर गरे।उक्त अवसरमा बजार व्यवस्थापन विभागका निर्देशक टंक नीधि दाहाल, मानव संशाधन विभागका निर्देशक अशोक सिग्देल, संस्थागत विभागका निर्देशक अनिल घिमिरे र क्वालिटि एस्योरेन्स विभागका निर्देशक पोषक ज्ञवालीले विभागीय प्रस्तुतिकरण गरेका थिए ।