२०८३ जेठ ६ , बुधवार

समृद्धि फाइनान्सको औरही शाखाले मनायो पहिलो बार्षिकोत्सब

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

समृद्धि फाइनान्स कम्पनी लि.औरही शाखा कार्यालयले आफनो पहिलो बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्सले औरही नगरपालिकाका स्थानीय व्यापारीहरु, वचतकर्ताहरु,बुद्विजिवि, समाजसेवी, सुरक्षा निकायका प्रतिनिधि आदिको उपस्थितिमा सम्पन्न गरेको उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुले आ-आफ्नो विचार व्यक्त गर्दै फाइनान्सको उक्तरोक्त र प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए।

शाखाले आगामी दिनहरूमा स्थानीय आवश्यकता अनुसारको कर्जालाई प्राथमिकता दिई गुणस्तरिय कर्जा लगानिमा घनिभुत ढंगले अगाडि बढ्ने र बैंकिङ सेवालाई थप शसक्त बनाउन स्थानीय जनचाहना बमोजिम कार्यलाई प्राथमिकता दिई कार्य गर्ने शाखाको कार्ययोजना रहेको जनाएको छ।