
सुनाखरी न्युज/ काठमाडौ ।
बालुवाटार ४, काठमाडांै स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्वारा त्रियुगा न.पा.– ७,चुहाडे स्थित श्री जन ज्योति माध्यमिक विधालय चुहाडेका विद्यार्थीहरुलाई मिति २०८१/०३/०४गतेका दिन स्कूल व्याग वितरण गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा९ र १० का विद्यार्थीहरुलाई वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम संचालन गरेसंगै त्यस विद्यालयमा अध्ययनरत कक्षा४ र ५ का विद्यार्थीहरुलाई १००थान स्कूल व्याग ४, ५, ९ र १० का विद्यार्थीहरुलाई १००थान कापी तथा कलम वितरण गरेको हो ।
सो व्याग वितरण कार्यक्रममा बैंकको तर्फबाट लघुवित्त विभागीय प्रमुख कर्ण बहादुर कार्की तथा इटहरी क्लष्टर प्रमुख उमेश खड्का,र श्री जन ज्योति माध्यमिक विधालय चुहाडेको तर्फबाट अध्यक्ष उद्घब काफ्ले र प्रधानाध्यापक धर्मानन्द खतिवडाको उपस्थिति रहेको थियो ।
सो व्यागवितरण र वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्र्रमले विद्यार्थीहरुलाई सहजता ल्याउने कुरामा बंैक विश्वस्त रहेको बताए।