२०८३ जेठ ६ , बुधवार

गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्स लि. को २२ औं वार्षिकोत्सव

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

मिति २०५९/०२/३० गतेबाट विधिवत कारोबार संचालन गरेको गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्स लि.ले २२ वर्ष पूरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैकिङ्ग सेवाप्रदान गर्दै आएकोमा यस संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत ६ वर्ष देखि वार्षिक रुपमा बुंगमती, ललितपुरमा स्थित श्री अपाङ्ग सेवा संघलाई खाद्यान्न सामाग्री उपलब्ध गराउँंदै आएकोमा संस्थाको २२ औं वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सहयोग आगामी वर्षको लागि पनि निरन्तरता दिने गरी सो संस्थासंग सम्झौता सम्पन्न गरिएको छ ।

साथै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको २२ औं वार्षिकोत्सव उपलक्ष्यमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सचांर सेवा केन्दको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको जनाए ।यस संस्थाको प्रधान कार्यालय समेत २३ शाखा कार्यालयहरु र ४ एक्सटेन्सन काउन्टरहरुबाट बैंकिङ्ग सेवाहरु जस्तै ATM सेवा, SMS Bankingसेवा, Mobile Bankingसेवा,ECC, RTGS सेवा, IPS/ConnectIPSक्सेवा,Corporate Pay सेवा, QR Payment सेवाSafe Deposit Lockerसुविधा, Top up facilities,विभिन्न विप्रेशन (Remittance)सेवा तथाDPसेवा रBC-ASBA सेवाप्रदान गर्दैैै आइरहेको तथा संस्थामा व्यक्तिगत निक्षेप खाताको लागि रु. ५ लाख सम्मको निक्षेप विमा गरिएको छ ।