२०८३ जेठ ६ , बुधवार

मधेशमा मुख्यमन्त्री सिंहले गरे मन्त्रिपरिषद् विस्तार,वनमन्त्रीमा साह नियुक्त

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।सिंहले आफ्नो पार्टी जनमतबाट त्रिभुवन साहलाई वनमन्त्री र मोहम्मद सकिल मियाँलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका सिंहले सोही दिन १० मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए ।सत्ता भागबन्डाका क्रममा वन मन्त्रालय जनमतले पाउने सहमति भएको थियो । त्यसमा मुख्यमन्त्रीले आज साहलाई मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ केहीबेरमा प्रदेश प्रमुखको कार्यालयमा हुँदैछ ।