
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो २४६औंैं संञ्चालक समितिको बैठकबाट विश्रुत थापाज्यूलाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ ।
आजको औपचारिक कार्यक्रममा उहाँले डेप्युटी गभर्नर बम बहादुर मिश्रज्यू सँग अध्यक्षपदको सपथ ग्रहण गरेको छ ।नेपाल राष्ट्र बैंकभित्र हालै भएको विभिन्न विभागिय परिवर्तन पश्चात नेपाल क्लियरिङ्ग हाउसमा गरिदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो ।
विश्रुत थापाज्यूको केन्द्रिय बैंकको विभिन्न विभागमा २१वर्ष भन्दा बढि काम गरेको अनुभव रहेको छभने उनी चार्टर्ड एकाउन्टेन्ट हुन् ।नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् ।एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।
थप जानकारीका लागिwww.nchl.com.npमा हेर्नुहोला ।