
सुनाखरी न्युज/ काठमाडौं ।
फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड(FRBL)र नेपाल ईन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोसिएसन(NIRMA )को सहकार्यमा मिति २०८१ ज्येष्ठ २२मा पहिलो न्युजलेटर“NEPSURANCE”को शुभारम्भ गरीएको छ । फेडेरल र निर्मा बीचमिति २०८० माघ ०९ गते बीमा,जोखिम व्यवस्थापन तथा सामाजिक सुरक्षाको क्षेत्रमा क्षमता अभिवृद्धि, खोज तथा अनुसन्धान साथै जागरण कार्यक्रमहरुको लागि दीर्घकालीन सहकार्य गर्ने सम्बन्धी रणनितिक समझदारी गरिएको थियो ।
फेडेरल र निर्मा बीचको साझेदारीले नेपालमा बीमा र जोखिम व्यवस्थापन परिदृश्यलाई सहयोगी गतिविधिहरूको शृंखलामार्फत बृद्धि गर्ने लक्ष्य राखेको छ। “NEPSURANCE”दुई कम्पनीको संयुक्त प्रयासमा पहिलो कदम हो जसले बीमा व्यवसायी र आमजनतालाई बहुमूल्य अन्तद्धष्टि, सूचना तथा जानकारी उपलव्ध गराउन मदत गर्दछ ।
“NEPSURANCE”ले विश्वव्यापी र स्थानीय बीमा उद्योगका गतिविधि, विशेषज्ञ अन्तद्धष्टि, सरोकारवालाको द्धष्टिकोण, बीमा जागरुकता सम्बन्धी लेखहरु र नियामक परिवर्तनहरुमा हुने अद्यावधिकहरु जस्ता विभिन्न क्षेत्रलाई समेटी पाठकहरुलाई ज्ञानवद्र्धक सुचना तथा अभिलेखहरु प्रदान गर्नेछ ।“NEPSURANCE – Volume I”कम्पनीको वेबसाइटwww.frbl.com.npमा उपलब्ध छ।
फेडेरल पब्लिक लिमिटेडको रुपमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट इजाजत पत्र प्राप्त पुन र्बीमा दलाल कम्पनी हो ।
यसले स्थापनाको छोटो समयमै बेलायतबाट प्रतिष्ठीत गुणस्तरISO 9001:2015र Indian Chamber of Commerce बाट “Broker of the Year 2023 (Nepal)” को उपाधी हासिल गर्न समेत सफल भएको छ भने अर्कोतर्फ, बीमा, जोखिम व्यवस्थापन र सामाजिक सुरक्षाको क्षेत्रमा कार्यरत पेशाकर्मी, प्राज्ञ, विज्ञ र अनुसन्धान कर्ताहरुको साझा मञ्चको आवश्यकतालाई अनुभूति गर्दै स्थापना गरिएको नेपाल ईन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोसिएसन(NIRMA)को मुख्य उद्देश्य जनचेतना अभिवृद्धि तालिम, शिक्षा, अनुसन्धान र प्रकाशन मार्फत बीमा उद्योगको प्रवर्द्धन गर्नु हो।