२०८३ जेठ ७ , बिहिवार

चन्द्रागिरिमा सवारी साधनको निःशूल्क परीक्षण सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषणलाई कम गर्ने प्रयास स्वरुप चन्द्रागिरि नगरपालिकाको त्रिभुवन पार्कमा जेष्ठ १६र १७गते निःशूल्क सवारी परीक्षण कार्यक्रम सम्पन्न भएको छ । चन्द्रागिरि नगरपालिकाले यूएसआईडी स्वच्छ हावा, सवारी परीक्षण कार्यालय, नेपाल ट्राफिक प्रहरी तथा अन्य सरोकार निकायसँग सहकार्य गरेर उक्तपरीक्षण कार्यक्रम आयोजना गरेको हो। उत्सर्जन परीक्षण पास गर्ने सवारी साधनलाई हरियो स्टिकर प्रदान गरिएको थियोे।२ दिने शिविरमा १०० सवारी साधनको परिक्षण गरिएको थियो जसमा ५६ सवारी साधन उत्सर्जन परीक्षणमा उत्तीर्ण भएका थिए भने हरियो स्टिकर नभएका २५ सवारी साधनले हरियो स्टिकर प्राप्त गरेका थिए ।

समयमै सवारी साधन मर्मत समभार गर्न नसक्नु, इन्जिनको खराब अवस्था हुनु, एयर फिल्टर बन्दहुनु, इग्निशन कोइल, स्पार्क प्लग, विद्युतीय सर्किट रइएफआई प्रणाली जस्ता भागहरूमा समस्या हुनु,हावा र इन्धनको असन्तुलित अनुपात, ईजिआर भल्भको कमजोर काम, कम गुणस्तरको इन्धन र लुब्रिकेन्टको प्रयोग, र टर्बोचार्जर र सुपरचार्जरको समस्या सवारी साधनको उत्सर्जनमा वृद्धि हुनुकामुख्य कारणहरु हुन्।नियमित रूपमा सवारी साधनको अवस्था परीक्षण गर्ने, सवारी साधनको नियमित सर्भिसिङ गर्ने, र वातावरणीय स्वच्छतामा ध्यान दिने हो भने हामीले वायु प्रदूषण धेरै हद सम्म न्यूनिकरण गर्न सक्छौँ ।

हरेकवर्ष लाखौँ मानिसहरुले वायु प्रदूषणबाट हुने रोगको कारण ज्यान गुमाउछन् । काठमाडौंमाहुँने प्रदुषणको मूख्य कारण सवारी साधनबाट हुँने उत्सर्जन हो । कार्बनडाइअक्साइड, नाइट्रस अक्साइड, मिथेन, कार्बन मोनोअक्साइड, हाइड्रोकार्बन, पार्टिकुलेट म्याटर, नाइट्रोजन र सल्फरका अक्साइडहरु सवारीसाधनबाट उत्सर्जित हुने ग्याँस हुन् र यसले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्छ। वायु प्रदूषणको प्रभावलाई बेवास्ता गरिएमा हाम्राआगामी पुस्ताले पनि दीर्घकालीन रोगको सामना गर्न पर्छ । यद्यपि सवारी साधनको मर्मत सम्भार तथा इन्धनको गुणस्तर जस्ता सामान्य कुराहरुमाध्यानदिन सकेमा वायु प्रदूषण केहि हद सम्म न्यूनीकरण गर्न सकिन्छ।

सवारी परीक्षणको बारेमाबाल्दै चन्द्रागिरि नगर प्रमूख धनश्याम गिरीज्यूले भन्नुभयो, “सावारी उत्सर्जन वायु प्रदूषणको एक मूख्य कारणमध्ये एकहो र यस प्रकारको परीक्षण चन्द्रागिरिमा एकदमै आवश्यक थियो। यो परीक्षणले काठमाडौंको वायु प्रदुषण घटाउन ठूलो मद्दत गर्नेछ भन्नेमा म विश्वस्त छु र हामी भविष्यमा पनि यस्तै कार्यक्रमहरू आयोजना गर्न तत्पर छौं। हामीले कालो धुवाँ निस्कने सवारी साधनलाई परीक्षणका लागि कार्यक्रम स्थलतर्फ पठाउँन ट्राफिक प्रहरीलाई अनुरोध गरेका छौं ।”

चन्द्रागिरि नगरपालिकाका उप प्रमूख बसन्ती श्रेष्ठज्यूले भन्नुभयोकीयो अवधारण देशका सवै नगरपालिकाहरुमा सुरु गर्न आवश्यक छ तब मात्रवातावरण स्वच्छ हुन्छ । उनले वायु प्रदुषण देखेपछि तत्काल रोक्न पहल गर्ने समेत बताए । एक पटक, केही विद्यार्थीहरू फोहोर जलाउँदै गरेको देखेपछि उनले तत्काल अरूलाई पानील्याउन र आगो निभाउन अनुरोध गरेको सुनाए ।

यूएसएडी स्वच्छ हावा परियोजनाका प्रमूख भूषण तुलाधरले भने, “ यूएसएआईडी स्वच्छ हावा परियोजना प्रदूषण विरुद्ध लड्न र दिगो शहरी जीवन प्रवद्र्धन गर्ने प्रयासमा नेपाललाई सहयोग गर्न प्रतिबद्ध छ। यो निःशूल्क सवारी साधन उत्सर्जन परीक्षण कार्यक्रम चन्द्रागिरि नगरपालिकाका बासिन्दाका लागि स्वच्छ हावा र स्वस्थ वातावरणको लागि निकै महत्वपूर्ण छ । हामी सबै सवारी साधन धनिहरूलाई यस अवसरको फाइदा उठाउँदै सवारी साधनहरू पर्यावरणमैत्री र उत्सर्जन मापदण्ड अनुरूप छन् भनि सुनिश्चित गर्न प्रोत्साहन गर्छौं।”

प्रहरी नायब उपरीक्षक प्रकाश सुवेदीले चन्द्रागिरिमा सवारी साधनको परीक्षण आयोजना राम्रो भएको बताए । उनले भने, “भविष्यमा यसका लागि नगरपालिकामा प्रयोगशाला स्थापना हुने अपेक्षा गरेको छु ।”दुई दिने कार्यक्रमको उद्देश्य सवारी साधन मालिकहरूलाई उनीहरूको सवारी उत्सर्जनको निःशूल्क मूल्याङ्कन प्रदान गर्ने, सम्भावित प्रदूषण समस्याहरू पहिचान गर्ने र सम्बोधन गर्ने अवसर प्रदान गरिएको थियो । सवारी साधनहरूले उत्सर्जन मापदण्डहरू पूरा गर्ने सुनिश्चित गरेर, यो पहलले सफा हावा र स्वस्थ समुदायको अवधारणलाई प्रवद्र्धन गरेको छ ।

सबै प्रकारका सवारी साधन परीक्षण गर्न सकिने यो निःशूल्क कार्यक्रमले सवारीसाधनको स्वास्थ्य कायम राख्ने र वायु प्रदूषणका हानिकारक उत्सर्जनलाई कम गर्नका लागि थप सचेतना र जिम्मेवारी बढाउने लक्ष्य राखेको छ। परीक्षणमा सहभागीहरूले परीक्षणको रिपोर्ट मात्र प्राप्त गरेनन्, उनीहरूले आफ्नो सवारी साधनलाई वातावरणमैत्री बनाउन के गर्न सकिन्छ भन्ने बारे परामर्श पनि पाए।

यूएसआईडी स्वच्छ हावा अभियान विभिन्न पहलहरू मार्फत वायुको गुणस्तर सुधार गर्न समर्पित छ। अभियानमा प्रदूषण मुक्त यातायातका विकल्पहरू प्रवद्र्धन गर्ने, वायु गुणस्तर सुधारका नीतिहरूको समर्थन गर्ने, र वायु प्रदूषण कम गर्ने कार्यहरू रहेका छन् भने अभियानमा समूदायहरुलाई संलग्न गराउने प्रयास गरिएको थियो ।