२०८१ असार ३ , आइतवार

सहकारीपीडितद्वारा फेरि आन्दोलन गर्दै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सहकारी पीडित बचकर्ताहरूले ११ जेठदेखि फेरि आन्दोलन सुरु गर्ने भएका छन् ।सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयनन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन घोषणा गरेका हुन् ।

देशभरिका संकटग्रस्त सहकारी पीडित बचकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आन्दोलन घोषणा गरेको हो ।महासंघका अध्यक्ष कुसलभ केसीले सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको बताए ।

११ जेठमा माइतीघर मण्डलाबाट सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन सुरु गर्ने उनले बताए ।‘११ जेठमा ११ बजे माइतीघर मण्डलाबाट हामी आन्दोलन सुरु गर्छौं । र्‍याली गर्छौं । र्‍यालीपछि कोणसभा गरेर हामी रिले अनशन सुरु गछौं,’ उनले भने ।सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब आन्दोलन देशैभरि सशक्त रुपमा अगाडि बढ्ने उनले बताए ।