२०८३ जेठ ७ , बिहिवार

गाडीको ठक्करबाट ललितपुरको ग्वार्कोमा एक जनाको मृत्यु

accident i

सुनाखरी न्युज/ काठमाडौं ।

गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।बुधबार राति ९:५० बजे ललितपुर महानगरपालिका-१७ ग्वार्कोमा मोटरसाइकललाई गाडीले ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकलमा सवार सिरहा घर भई काठमाडौंको कोटेश्वर बस्दै आएका ३२ वर्षीय जयनाथ यादव गम्भीर घाइते भएका थिए।

उनलाई तत्काल उद्धार गरी बिएन्डबी अस्पताल पुर्‍याइएकोमा उपचारका क्रममा राति ११ बजे मृत्यु भएको ललितपुर प्रहरी परिसरका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए।