२०८१ असार ३ , आइतवार

काठमाडौं महानगरका सबै पेट्रोल पम्पमा निःशुल्क शौचालय

petrol-pump_ktm

सुनाखरी न्युज/ काठमाडौं ।

पेट्रोलपम्पलाई एकै किसिमको बनाउँदै आवश्यक मापदण्डमा ल्याउने प्रयास काठमाडौं महानगरपालिकाले  गरेको छ । महानगरभित्र रहेका पेट्रोल पम्पहरूमा पहेँलो रङ लगाएर पहिचान सहित सुधारको काम गरिरहेको हो ।

महानगरका अनुसार तत्काल, मध्यकाल र दीर्घकाल गरी तीन चरणमा गरी पेट्रोल पम्पलाई सुधारका काम भइरहेको छ ।

 

तत्काल सुधार गर्न सकिने कामको अध्ययन गर्न महानगरको संयोजकत्वमा नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी, सडक विभाग, जिल्ला प्रशासन कार्यालय, पेट्रोलियम डिलर्स एसोसिएसनका प्रतिनिधिसहित टोलीले प्रतिवेदन दिएको थियो ।

प्रतिवेदनका सुझावका आधारमा अहिले महानगरले आफ्नो क्षेत्रभित्रका सबै पेट्रोल पम्पको पहिचान गर्न पहेँलो रङको बनाएको छ ।

 

महानगरका मेयर बालेन्द्र (बालेन) साहका अनुसार पम्पहरूले सबैका लागि सफा शौचालय निःशुल्क उपलब्ध गराइसकेका छन् ।

महानगरले प्रतिवेदनकै आधारमा भाडाका सवारीसाधन चालक तथा सहचालकले आफूखुसी नोजल समाउने र इन्धन भर्ने काममा प्रतिबन्ध लगाएको छ ।