
सुनाखरी न्युज/ काठमाडौं ।
अर्थमन्त्री वर्षमान पुनको सम्पत्ति विवरण सार्वजनिक भएको छ। सरकारले जेठ ३ को मन्त्रिपरिषद्को निर्णयअनुसार उनको पनि सम्पत्ति विवरण सार्वजनिक भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरण अनुसार पुनसँग एनएमबी बैंकमा ३३ लाख ७० हजार ६ सय १८ रुपैयाँ मौज्दात छ ।
उक्त रकम पुनले तलब भत्ता, भ्रमण भत्तासमेबाट प्राप्त गरेको उल्लेख गरेका छन् ।त्यसैगरी उनको जन्मथलो रोल्पा नगरपालिका–७ माडीचौरमा ८ सय २० वर्गमिटर पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन् ।
उनले आफूसँग एक थान हलुका सवारी भएको तर उक्त सम्पत्ति पार्टीको भएको बताएका छन्।