२०८३ जेठ ७ , बिहिवार

सहरी विकासमन्त्री धनबहादुर बुढाको सम्पत्ति :काठमाडौँमा दुई वटा घर,१५० तोला सुन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सहरी विकासमन्त्री धनबहादुर बुढाको काठमाडौँमा दुई वटा घर, थप जग्गा र प्रशस्त सुनचाँदी र नगद मौज्दात रहेको पाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरणअनुसार उनको डोल्पामा पैतृक सम्पत्ति रहेको छ ।

यस्तै श्रीमती हिमालीकै नाममा काठमाडौँ महानगरपालिका ६ मै अर्को ६ आना जग्गा पनि रहेको छ । यस्तै उनको १५० तोला सुन र ३०० तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

मन्त्री बुढाको नाममा १५ लाख बैंक ब्यालेन्स रहेको छ भने श्रीमतीको नाममा थप ४५ लाख नगद रहेको छ ।