२०८३ जेठ ७ , बिहिवार

राजधानीमा राप्रपाको मोटरसाइकल र्‍याली

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकार समक्ष पेश गरेको ४० बुँदे माग पूरा गर्न माग गर्दै राजधानी काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।

बबरमहलमा जम्मा भई पार्टीले माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, जमल, महेन्द्र सालिक हुँदै नारायणहिटीसम्म मोटरसाइकल ऱ्याली गरी प्रदर्शन गरेका हुन्।

राप्रपाले राखेको ४० बुँदे मागपत्रमा सरकारी कर्मचारी तथा पेसागत दलीय भ्रातृ संगठनहरूको खारेजी हुनुपर्ने, संवैधानिक नियुक्तिहरूमा दलीय भागबन्डा नहुने संवैधानिक सुनिश्चितता हुनुपर्ने, शिक्षा र स्वास्थ्य सुधार हुनुपर्ने, ०४६ सालपछि उच्चपदस्थ नेता, कर्मचारी तथा परिवारको सम्पत्ति छानबिन गर्नुपर्नेलगायत उल्लेख गरेको छ ।