२०८३ जेठ ७ , बिहिवार

सन्दीप मुद्दा: फैसला अघि न्यायाधीशले हेरे सीसीटीभी फुटेज

sandii

सुनाखरी न्युज/ काठमाडौं।

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आजै फैसला सुनाउने तयारी गरेको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलासमा बुधबार सुनवाइ सकिएसँगै न्यायाधीशहरु संक्षिप्त फैसलामा जुटेका छन् ।

त्यसअघि न्यायाधीशहरु गौशाला–२६ माथि जबरजस्ती करणी भएको भनिएको होटलको सीसीटीभी फुटेज हेरेका छन् ।गौशाल–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।

सो जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो । लामिछाने त्यसविरुद्ध उच्च अदालत पुगेका हुन् ।

उच्चमा लामिछानेको मुद्दामा बहस सकिएसँगै न्यायाधीशद्वयले सन्दीप र गौशाला-२६ सोही होटल प्रवेश गर्दा र बाहिरिँदाको सीसीटीभी फुटेज हेरेका हुन् ।