
सुनाखरी न्युज/ काठमाडौं ।
मिति २०८१ जेष्ठ १ गते, मंगलबार मोरङ उद्योग व्यापार संघमा पाल्नु भएका वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष श्री चेतनारायण श्रेष्ठज्यू सहितको कार्यसमिति सदस्यज्यूहरुको टोलीलाई संघका अध्यक्ष अनुपम राठीज्यू, निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालज्यू लगायत पदाधिकारीज्यूहरु र कार्यसमिति सदस्यज्यूहरुले संघमा स्वागत गर्नु भई भेटघाट तथा छलफल गर्नु भएको छ ।
संघ पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, आमन्त्रित सदस्यज्यूहरु, युवा तथा महिला उद्यम समितिका संयोजक महिला उद्यम समिति लगायतको उपस्थितिमा महासचिव संजय कुमार श्रेष्ठज्यूद्वारा संचालित उक्त स्वागत तथा भेटघाट कार्यक्रममा वालिङ उद्योग
वाणिज्य संघका अध्यक्षज्यू सहित वरिष्ठ उपाध्यक्ष अनुपमा तिवारीज्यू, महासचिव रमेश अर्यालज्यू, सचिव पिताम्बर खनालज्यू, कोषाध्यक्ष खगुपति न्यौपानेज्यू, सह–कोषाध्यक्ष केशव पराजुलीज्यू, पदाधिकारीज्यूहरु, कार्यसमितिज्यूहरु र महिला उद्यमीज्यूहरुको सहभागिता रहेको थियो ।