२०८१ जेठ १० , बिहिवार

श्रीमती र सालोलाई जेल चलान, ६ महिनापछि ४ करोड रुपैयाँ ठगीको आरोपमा फेरी श्रीमान पक्राउ

thagi-binod-shrestha-1024x653_SD4JZGbaTK_1yq29qz5swzusas1drf7yproogh0h1xlivioljizixcnvpsodfihyneaquqz_hqq15atFgq_gz7scz9msjfipwlxppxwzihj6ecust1mtnx7catoe3ktusedibm6tespijvx

सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलको टोलीले ४ करोड रुपैयाँ ठगीको आरोपमा कास्कीको पोखरा महानगरपालिका–५ घर भएका ४२ वर्षीय विनोद श्रेष्ठलाई चाबहिलबाट पक्राउ गरेको हो ।श्रीमती सुरुची र सालो सुजन भुजेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ९० जनाको २ करोड ५९ लाख ७९ हजार ५ सय रुपैयाँ ठगीको आरोपमा गत ९ असोजमा पक्राउ गरेको थियो ।श्रेष्ठले टर्कीको युएन मिसन कार्यालयमा वर्किङ भिसामा कामदार पठाउने भन्दै १२४ जना व्यक्तिहरुबाट ४ करोड ३४ लाख रुपैयाँ ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

युएनको भवन निर्माणमा मासिक १४५० डलर कमाई हुने भन्दै चुच्चेपाटीस्थित जमघट रेष्टुरेन्टमा भेट गरी विश्वास दिलाएर ठगी गरेको पाइएको एसएसपी भट्टराईले बताए । पीडितबाट सुरुमा ५० हजार रुपैयाँ लिने र त्यसपछि विभिन्न शीर्षकमा थप रकम माग गर्दै ठगी गरिएको खुलेको छ ।

मीनबहादुर कार्की लगायत ४ जनालाई टर्की पठाउन भन्दै भारतसम्म लगेर १५ दिनसम्म राखेको पाइएको छ । १५ दिनसम्म कोही पनि सम्पर्कमा नआएपछि उनीहरु नेपाल फर्किएका थिए । उनीहरु पुर्पक्षका लागि जेल चलान भएका थिए । श्रीमती र सालो जेल चलान भएको आरोपमा ४ करोड ठगीको आरोपमा श्रीमान श्रेष्ठ पक्राउ परेका हुन् ।