२०८१ जेठ ६ , आइतवार

मातातीर्थ औँसीमा नबिल बैंकको सन्देशमूलक भिडियो, आमाको पहिचानका लागि परिवारको दायित्व

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

मातातीर्थ औँसीको अवसरमानबिल बैंक लिमिटेडले सन्देशमूलक भिडियो बनाएको छ। हरेकको पहिचान बनाउन साथदिने आमालाई, आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहनगर्नुपर्छ भन्ने मूल सन्देशका साथ सो भिडियो नबिल बैंकले आफ्नो आधिकारिक सामाजिक सञ्जालहरूमार्फत् सार्वजनिक गरेको छ।

विशेष गरी सहर र जागिरमा रहेका महिलाहरू आमा बनेपछिको अवस्थालाई यो भिडियोले औंल्याएको छ। आमाबन्ने क्रममा आफ्नो पहिचान नै बिर्सिएकी आमा, उनको व्यस्तता, बच्चाबच्ची र परिवारप्रतिको उनको दायित्व यो भिडियोमा देखाइएको छ। त्यस्तै आमालाई आफ्नो पहिचानमा फर्काउन तथा खुसी बनाउन सन्तान र परिवारले खल्ने भूमिकापनि यो भिडियोमा देखाइएको छ।

जम्मादुई मिनेट ४५ सेकेन्डको छोटो भिडियोले सहरको सानो परिवार अनिआमाले सन्तानको लालन पालनमा आफ्नो करियरलाई कसरी बिर्सिन्छिन् भन्ने यथार्थ चित्रण गर्न खोजिएको छ । यस भिडियोले देखाइएकोे आमाको दैनिकी अधिकांश नेपालीहरुको घरको कथासँग मेल खान्छ।

नेपालको अग्रणी बैंक नबिलले विभिन्न सन्दर्भमा समाजलाई सचेतना फैलाउने तथा सन्देश विस्तार गर्ने भिडियो बनाउँदै आएको बैंकले जनाए। मातातीर्थ औँसीका अवसरमा बनाइएको भिडियोमा धेरै जनाले आफ्नो आमा (ममी)प्रति कृतज्ञता व्यक्तगर्दै भिडियोको प्रशंसा गरिरहेका छन् ।

यस्तो छ भिडियो सन्देश:
https://fb.watch/rWP9eFUom3/