२०८१ जेठ ६ , आइतवार

आर्थिक सङ्कट समाधानका विषयमा बहस गर्न राष्ट्रिय सम्मेलन गर्ने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली चार्टर्ड एकाउन्टेन्टहरुको छाता संगठन, यस नेपाल चार्टर्ड एकाउन्टेन्ट स्संघ(एक्यान)ले देशले भोगिरहेको आर्थिक सङ्कटको समाधानका विषयमा बहस गर्न राष्ट्रिय सम्मेलन गर्न लागेको खबर सार्वजनिक गर्न पाउँदा हामी हर्सित छौँ ।’Crisis to Rise,unlockingEconomicPotential in Disguise’विषयक सो सम्मेलन यही चैत्र २७ गते बिहीबार काठमाडौँस्थित होटल एभरेष्टमा हुनेछ । सो कार्यक्रममा देशमा विद्यमान आर्थिक संकट र त्यसका समाधान विषयमा खास बहस हुने जानकारी गराउँदछौँ ।

सम्मेलन सम्माननीय राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलज्यूले उद्घाटन गर्नुहुनेछ । उद्घाटन सत्रमा माननीय अर्थमन्त्री श्रीबर्षमानपुनज्यू,उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री माननीय दामोदर भण्डारीज्यू, माननीय शिक्षामन्त्री सुश्री सुमना श्रेष्ठज्यू लगायतले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

कार्यक्रमको दोश्रो सत्रमा बैंकिङ क्षेत्र र समग्र अर्थतन्त्रलाई जोडेर विशेष बहस हुनेछ । पूर्व अर्थमन्त्री डा।युबराज खतिवडा किनोट स्पिकरका रुपमा रहनुहुने सो सत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालज्यू,नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीज्यू, नेपाल उद्योग बाणिज्य महासंघकि पूर्व अध्यक्ष श्रीमती भवानी राणाज्यू, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यज्यू र नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरीज्यूले विशेष बहस गर्नुहुनेछ । सो कार्यक्रमलाई नबिल बैंक लिमिटेडका डेपुटी सिइओ मनोजज्ञवालीज्यूले मध्यस्थतता गर्नुहुनेछ ।

कार्यक्रमको तेश्रो सत्रमा नेपालको समृद्धिको र आर्थिक विकासका विषयमा खास बहस हुनेछ । पूर्वमन्त्री मिनेन्द्र रिजालज्यूकि नोट स्पिकरका रुपमा रहने सो कार्यक्रममा पूर्वमन्त्री श्रीमती बिमला राज पौड्यालज्यू, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसादढकालज्यू,राष्ट्रिय प्रजातन्त्र पार्टीकाबरिष्टउपाध्यक्ष रविन्द्र मिश्रज्यू,राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.जगदीश चन्द्र पोखरेलज्यूर अर्थविद विश्वास गौचनले बहस गर्ने कार्यक्रम छ । सो कार्यक्रमलाई बरिष्ठ सञ्चारकर्मी दिल भुषण पाठकले मध्यस्थतता गर्नुहुनेछ।

कार्यक्रम नेपालले भोगिरहेको आर्थिक सङ्कटको समाधानको दिशा देखाउने काममा उल्लेखनीय हुने संघको विश्वास छ । सो कार्यक्रममा देशका विभिन्न बैंक तथा वित्तीय संस्थाका सिइओहरु, विभिन्न कर्पोरेट हाउसका प्रमुखहरू,बीमा कम्पनी तथा सरकारी निकायका प्रतिनिधिहरू तथा नेपालका चार्टर्ड एकाउन्टेन्टहरुको उल्लेखनीय सहभागिता हुनेछ ।