२०८१ जेठ ६ , आइतवार

कतार एयरवेजको जहाजमा देखियो धुवाँ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको कतार एयरवेजको जहाजमा प्राविधिक समस्या देखिएपछि सवा दुई घण्टादेखि यात्रु जहाजभित्रै बस्नुपरेको छ ।

जहाजलाई पार्किङ बेबाट धावनमार्गतर्फ लान ‘पुस ब्याक’ (तान्दा) जहाजको पुच्छरपट्टि भागमा सामान्य धुँवाजस्तो देखिएपछि प्राविधिक परीक्षण गरिएको थियो ।

यो जहाजको बिहान ११:४५ बजे उड्ने तालिका थियो । कतार एयरवेजको उडान नम्बर क्यूआर ६५३ को ‘ए३३०’ सिरिजको वाइड बडी जहाजमा ३ सय १८ यात्रु सवार छन् ।

त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले भने, ‘जहाजभित्रै धुँवा देखिएको वा अन्य कुनै प्राविधिक गडबडी होइन । अहिले जहाज प्राविधिक रूपमा ठिक छ भन्ने यकिन भइसक्यो, अब उड्न तयार भएको छ ।’