२०८१ जेठ ५ , शनिवार

जापानी विदेशमन्त्री योको बसन्तपुरमा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

जापानी परराष्ट्रमन्त्री कामिकावा योकोले काठमाडौंको बसन्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन गरेकी छन्। नेपालको एक दिने भ्रमणमा आएकी योको आइतबार दिउँसो दरबार स्क्वायर क्षेत्र पुगेकी हुन्।

उनले कालभैरब मन्दिर, कुमारी घर लगायतको अवलोकन गरिन्।उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको आइतबार बिहान नेपाल भ्रमणमा आएकी हुन्।

उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।।उनी आइतबार साँझ स्वदेश फर्किनेछिन्।