२०८१ जेठ ४ , शुक्रवार

अत्यधिक बढ्यो गर्मी, दिउँसोको समयमा बाहिर नसिक्न चिकित्सकको सुझाव

hot

सुनाखरी न्युज/ काठमाडौँ ।

तराई क्षेत्रमा अत्यधिक गर्मी र तातो हावा चल्न थालेको छ । गर्मीको यस्तो अवस्थामा स्वास्थ्यमा विभिन्न समस्या देखिनसक्ने चिकित्सकहरूको सुझाव छ ।

बढ्दो गर्मीमा ‘लु’ लाग्ने सम्भावना हुने भएकाले सकेसम्म घाममा ननिस्कन विज्ञले सुझाएका छन् । बिहान ११ बजेदेखि दिउँसो ३ बजेको बिचमा सकेसम्म घर बाहिर ननिस्कन फिजिसियन डा. पुष्पमणि खरालको सुझाव छ ।

मानव शरीरको तापक्रम ३७ डिग्री सेन्टिग्रेड हुनुपर्छ । शरीरले यो तापक्रमलाई सन्तुलन गरिरहन खोजेपनि यो भन्दा बढी भएमा लुको जोखिम हुन्छ ।

वायुको तामक्रम बढ्दै जाँदा शरीरले तापक्रम प्राकृतिक रूपमा सन्तुलन गर्ने कार्य गर्दछ । तर लामो समयसम्म तापक्रम रहिरहेमा शरीरको विभिन्न अङ्गमा अप्रत्यक्षरुपमा असर पुर्‍याउँछ । मुटु, कलेजो, फोक्सो लगायत अङ्गमा अप्रत्यक्ष रूपमा असर गर्ने डा. खरालले सुनाए ।

बढ्दो तापक्रमको समयमा बालबालिका, गर्भवती महिला, वृद्ध वृद्धा र दीर्घरोगका बिरामी बढी जोखिममा रहने उनको भनाइ छ ।